Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • निर्वाचन आयोगले गर्‍यो समानुपातिक सिटको कानुन हेरफेर, तीन दिनभित्र बन्दसूचीबाट नाम पठाउनु पर्ने

    निर्वाचन आयोगले गर्‍यो समानुपातिक सिटको कानुन हेरफेर, तीन दिनभित्र बन्दसूचीबाट नाम पठाउनु पर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 681
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो ।

    संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपता आएको छ ।



    प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ ।



    प्रदेशसभातर्फ दलहरूले बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय थियो ।

    सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगले जनाएको छ । आयोगले सिट बाँडफाँड गरी मंगलबार नै नाम पठाउन दलहरूलाई चिठ्ठी लेख्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार