Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तीन भाग्यमानी पालिका प्रमुख, जसका बाबुहरु सांसद बने

    तीन भाग्यमानी पालिका प्रमुख, जसका बाबुहरु सांसद बने

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाबाट सांसदमा निर्वाचित भएका तीन सांसद जसका छोराहरु स्थानीय तहको प्रमुख छन् । महोत्तरी क्षेत्र नं. १ का नवनिर्वाचित सांसद लक्ष्मी महतो कोइरी गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोका बुवा हुन् । त्यसैगरी तनहुँ क्षेत्र नं. १ (ख) मा प्रदेशसभामा सदस्यमा निर्वाचित भएका हरिबहादुर चुमानका छोरा आँबुखैरेनी गाउँपालिका प्रमुख छन् भने दोलखाबाट प्रतिनिधिसभाका सांसद बनेका गंगा कार्कीका छोरा विश्वास कार्की गौरीशंकर गाउँपालिकाका प्रमुख छन् ।

    महोत्तरिको अर्को रोचक कुरा त के छ भने लक्ष्मी महतोले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि जित हात पार्दै गर्दा छोरा डा. दीपेन्द्र महतो भने जसपाबाट मेयरमा निर्वाचित भएका हुन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा दिपेन्द्रले नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योञ्जनलाई पराजित गर्दै गौशाला नगरपालिकाको मेयरमा बाजी मारेका थिए । मेडिकल साइन्सका विद्यार्थी दिपेन्द्र गाइनोक्लोजिस्ट हुन् । लामो समयदेखि बिरामीको उपचारमा व्यस्त डा. महतो एक्कासी राजनीतिमा प्रवेश गरेर पहिलो प्रयासमै सफल बने ।



    छोरा मेयर भएको करिब ७ महिनापछि बाबु लक्ष्मी महतो कोइरीले पनि माओवादी केन्द्रकै उम्मेदवारलाई पराजित गर्दै संसद प्रवेशको ढोका खोले । प्रतिनिधिसभा निर्वाचनमा लक्ष्मीले माओवादी केन्द्रका बरिष्ठ नेता गिरीराजमणि पोखरेललाई पराजित गरेका छन् । महतोले २३ हजार ४ सय २ मत ल्याउँदा पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरेका थिए ।



    उनीहरूसँगै तनहुँमा पनि प्रदेशसभा सदस्य र गाउँपालिका प्रमुख बाबुछोरा नै छन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ (ख) मा प्रदेशसभा सदस्य हरिबहादुर चुमान विजयी भए । उनै हरिबहादुरले गत स्थानीय तह निर्वाचनमा छोरालाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाए । निर्वाचनमा छोरा शुक्र चुमानले शानदार मतसहित गाउँपालिका प्रमुखमा जित हात पारे । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले भन्दा करिब १७ सय बढी मत ल्याएर जित हात पारे ।

    आँबुखैरेनी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका शुक्र चुमानले ३९४० मत ल्याएका थिए भने कांग्रेसका गिरबहादुर थापाले २२३० मत ल्याएका थिए । हरिबहादुर अघिल्लो कार्यकालमा गण्डकी प्रदेशसभा सदस्य भई आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत बनेका थिए । उनै हरिबहादुर यसपटक पनि माओवादी केन्द्रबाट गण्डकी प्रदेश सभा सदस्यका लागि दोहोरिएका छन् । चुमानले १३ हजार २८३ मत ल्याउँदा नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ५१९ मत ल्याएका थिए ।

    त्यसैगरी दोलखामा पनि बाबु–छोरा प्रतिनिधिसभा सदस्य र गाउँपालिका प्रमुख बनेका छन् । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा पछाडी निर्वाचित भएका दोलखाका गंगा कार्की र गौरीशंकर गाउँपालिकाका गाउँपालिका प्रमुख विश्वास कार्की पनि बाबु छोरा नै हुन् । दोलखाबाट सोमबार बिहान मात्रै प्रतिनिधिसभाका लागि निर्वाचित ५७ वर्षीय गंगा कार्कीले जित हात पारेसँगै गत मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । उनको जितसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १८ वटा सिट हात पारेको छ ।

    नेकपा एमालेका उम्मेदवारसँगको रोचक प्रतिस्पर्धामा कार्कीले ३१७ मतले बाजी मारेका हुन् । यसपटक गंगाले पनि नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पराजित गरे । गंगाले ३६ हजार ७ सय ९९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याए । दोलखाको उत्तरी गाउँपालिका गौरीशंकर गाउँपालिका वडा नं. २, फाल्टुक स्थायी घर भएका कार्की परिवारका दुई मुख्य सदस्यमध्ये बाबुले जिल्ला हाँक्ने जिम्मा पाएका छन् छोरा विश्वासले करिब ७ महिनादेखि गाउँपालिका हाँकेका छन् ।

    गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ३१ वर्षीय विश्वासले ४ हजार ७ सय ५१ मत ल्याउँदै गाउँपालिका प्रमुखमा जित हात पारे । उनले नेकपा एमालेका उम्मेदवार जंगबहादुर गुरुङलाई पराजित गरेका थिए । त्यतिबेला कार्कीले जंगबहादुरलाई करिब हजार मतान्तरले पराजित गरेका थिए । गंगा कार्कीका दुई भाई छोरामध्ये विश्वास जेठा छोरा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार