Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • श्रीमतीको घाँटी रेटी वीभत्स हत्या, टाउको प्लास्टिकमा बोकेर भाग्दै गर्दा श्रीमान पक्राउ

    श्रीमतीको घाँटी रेटी वीभत्स हत्या, टाउको प्लास्टिकमा बोकेर भाग्दै गर्दा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 774
    SHARES

    सुर्खेत । सुर्खेतमा आफ्नै श्रीमतीको टाउको काटेर भागिरहेको अवस्थामा श्रीमान प्रक्राउ परेका छन् ।

    जिल्लाको पञ्चपुरी नपा ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती ३० वर्षीया मीना आलेको घाँटी काटी टाउको प्लाष्टिकको थैलोमा राखी भागिरहेको अवस्थामा पक्राउ गरिएको हो ।



    उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्यचौकी पछाडिबाट प्रक्राउ गरेको बताइएको छ ।



    आले मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार