Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • उषा मृत्यु प्रकरण : हत्या आरोपमा चार महिला पक्राउ, अन्यको खोजी जारी

    उषा मृत्यु प्रकरण : हत्या आरोपमा चार महिला पक्राउ, अन्यको खोजी जारी

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1.4K
    SHARES

    सुनसरी । एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका चार महिलालाई मंगलबार सार्वजनिक गरेको छ ।

    धरान उपमहानगरपालिका–१३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईको हत्यामा संलग्न भएको अरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बा छन् ।



    उर्मिलाले स्थानीय जनजागृती आमा समूहका सदस्यलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

    कुटपिटपछि २८ र ८ वर्षीया छोरीका आमा उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार