Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, उद्घाटन प्रधानमन्त्री देउवाबाट हुने

    सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, उद्घाटन प्रधानमन्त्री देउवाबाट हुने

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् । यही मंसिर २२ गतेदेखि पौष २ गतेसम्म धनगढीमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने भएका हुन् ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउँदै महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने जानकारी दिए । उनका अनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले २२ गते दिउँसो २ बजे गर्ने कार्यक्रम तय भएको छ ।



    करिब दुई करोडको लागतमा आयोजना हुने महोत्सव धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुनेछ । महोत्सव अवधीभर ५ देखि ७ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।



    महोत्सवमा सुदूरपश्चिमका स्थानीयदेखि राष्ट्रिय कलाकारहरूको उपस्थिति रहने संघका अध्यक्ष कुँवरले जानकारी दिए । समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धिु भन्ने मुल नाराका साथ कैलाली उद्योग वाणिज्य संघले विगत २०६३ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार