Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कैलालीमा बालिकामाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    कैलालीमा बालिकामाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 732
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा एक बालिकामाथी सामुहिक बलात्कार भएको छ ।

    जिल्लाको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथी मंसिर १८ गते सेहरी जंगलमा सामुहिक बलात्कार भएको हो ।



    बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय बिनोद खत्री र २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन् । मंगलबार उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



    बालिकालाई स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार