Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आईजीपी सिंहको निर्देशन – प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउनू

    आईजीपी सिंहको निर्देशन – प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउनू

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 816
    SHARES

    सोलुखुम्बु । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरेर प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

    मंगलबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षणपछि प्रहरी अधिकृत तथा जवानलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकता दिन प्रहरी अधिकृत तथा जवानलाई आह्वान गरे ।



    साथै उनले आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र सामाजिक सञ्जालको सही सदुपयोग गरेर प्रयोग गर्न पनि मातहतका प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिए ।



    नेपाल प्रहरीको विभिन्न मातहतका निकायले जनचेतनाको कमिबाट हुने घटनालाई नियन्त्रण गर्न विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालनलाई विशेष प्राथमिकता दिनुपर्ने आईजीपी संिहको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार