Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • फिफा विश्वकप २०२२

    स्पेनलाई हराउँदै मोरक्को पहिलोपटक क्वार्टरफाइनलमा

    स्पेनलाई हराउँदै मोरक्को पहिलोपटक क्वार्टरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । स्पेनमाथि ऐतिहासिक जित निकाल्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार राति दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा स्पेनसँग पेनाल्टी सुटआउटमा ३-० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो ।



    सन् २०१० को च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्नेक्रममा मोरक्को छैटौँ प्रयासमा क्वार्टरफाइनल पुगेको हो । मोरक्कोले ३६ वर्षपछि नकआउट चरण पार गर्न सफल भएको हो ।



    निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

    सन् २०१० मा विश्वकप विजेता बनेको स्पेन त्यसयता अन्तिम १६ भन्दामाथि पुग्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार