Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • अमेरिकी द भ्वाइसको अन्तिम आठबाट परिजिता ‘आउट’

    अमेरिकी द भ्वाइसको अन्तिम आठबाट परिजिता ‘आउट’

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 738
    SHARES

    काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन् ।​ परिजिता बाँस्तोलाले गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन् ।

    आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए । बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो । ४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो ।



    त्यस मध्ये सबै भन्दा ज्यादा मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो । परिजिता ४ भित्र नपरे पछि उनले बेजोड प्रस्तुति गरेता पनि उनी फाइनलमा प्रवेश गर्न असफल भइन् । उनको यात्रा यही टुंगिएको छ ।



    गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएकी थिइन् । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीय परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरुमा उनको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो ।

    गत सोमबार सबै ८ जना प्रतियोगीहरुको प्रस्तुति अद्धितिय रहेको थियो । परिजिता जन लेजेन्डको टोलीमा थिइन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार