Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमाले केन्द्रीय कार्यालय बैठक दिउँसो १ बजे बस्दै

    एमाले केन्द्रीय कार्यालय बैठक दिउँसो १ बजे बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 576
    SHARES

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ ।

    केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।



    एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ ।



    मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो ।

    बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ । एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार