Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यसवर्षको हिट फिल्म ‘झिँगेदाउ’ को सिक्वेल बन्ने

    यसवर्षको हिट फिल्म ‘झिँगेदाउ’ को सिक्वेल बन्ने

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 813
    SHARES

    काठमाडौं । यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को पनि सिक्वेल निर्माण हुने भएको छ ।

    निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए ।



    करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ ले राम्रो व्यवसाय गरेको कारण यसका निर्माता तथा निर्देशक देउजाले यसको सिक्वेल बनाउन लागेको हुन् ।



    ‘झिँगेदाउ’ जहाँ सकियो सिक्वेल त्यहीबाट सुरु हुने देउजाले बताए । फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखिरहेका छन् । फिल्ममा ‘झिँगेदाउ २’ मा अघिल्लो पार्टका सबै मुख्य कलाकार दोहोर्याउने निर्देशक देउजाको योजना छ ।

    ‘झिँगेदाउ’ मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार