Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना गिरफ्तार

    जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना गिरफ्तार

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जर्मनीमा सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा २५ जना पक्राउ परेका छन् । संसदमा सशस्त्र आक्रमणको योजना बनाइरहेका उग्र-दक्षिणपन्थी विचारधाराका २५ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

    आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन्। ती समूहका सम्पूर्ण प्रयासलाई सरकारले निष्प्रभावी पार्ने उनको घोषणा छ।



    जर्मनीको पूर्वराजपरिवार समर्थित समूहले हिंसा भड्काउने प्रयास गरिरहेको आशंका गरिएको छ । तत्कालीन पूर्व जर्मनीमा शासन गरेको राजा हेनरिच १३ औं समर्थित समूहले रूसका प्रतिनिधिहरूसँग सम्पर्क बढाउँदै यस्तो योजना बनाएको आशंका रहेको बताइएको छ ।

    तर रूसले यो आशंकामा कुनै सत्यता नरहेको बताएको छ भने जर्मनीको अनुसन्धानबाट पनि रूसको समर्थन रहेको कुनै तथ्य फेला परेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार