Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नवनियुक्त १११ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

    नवनियुक्त १११ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 897
    SHARES

    काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १११ जना प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीचउनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    २०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १११ र खुलातर्फ ३५ जना गरी कुल १४६ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका थिए । जसमा १७ जना महिला छन् ।



    नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी उनीहरुलाई प्रहरी निरीक्षक पदमा नियुक्त गरिएको छ । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिए ।

    नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उनले विश्वास व्यक्त गरे । प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मा सम्पूर्ण कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गरे ।

    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार