Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नियम उल्लंघन गर्ने २६ सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

    नियम उल्लंघन गर्ने २६ सवारी चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 858
    SHARES

    काठमाडौं । सवारी नियम पालन नगर्ने २६ सवारी चालकका लाइसेन्स निलम्बन हुने भएका छन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ वटा सवारी चालक अनुमती पत्र निलम्बन गर्न विभागमा पठाएको हो ।



    पटकपटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरिएको सहप्रवक्ता एसपी अवदेश विष्टले जानकारी दिए । एसपी विष्टका अनुसार ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लंघन गरेका छन् ।



    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियम पाँच पटकभन्दा बढी उल्लंघन गर्नेलाई यो कारबाही गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार