Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सालाको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

    सालाको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 705
    SHARES

    कैलाली । कैलालीमा हसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

    जोशीपुर गाउँपालिका ६ का ढुङगाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएका हुन् ।



    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।



    ढुङगानाले मंगलबार आपसी विवादपछि साला पदमराज भण्डारी र जयराज भण्डारीलाई ढुंगानाले हसिया प्रहार गरेका थिए। पदमराज भण्डारीको मृत्यु भइसकेको छ भने जयराजको उपचार कोहलपुर शिक्षण अस्पतालमा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार