Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज धनगढी आउँदै

    सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज धनगढी आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 768
    SHARES

    कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउँदै छन् ।

    कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्न प्रधानमन्त्री देउवा धनगढी आउन लागेका हुन् । यो महोत्सवको १६औं संस्करण हो ।



    देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको छ । कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ ।



    २१ बुँदे माग सहित २१ किलोको माला लगाउँदै आएको आयोजकले यस पटक केही माग सम्बोधन भएको भन्दै १६औं संस्करणमा १६ बुँदे माग राख्न लागेको हो ।

    मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने सबै तयारी पुरा भइसकेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार