Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संसद् विघटन गर्ने कोशिस गरेपछि पेरुका राष्ट्रपति हिरासतमा

    संसद् विघटन गर्ने कोशिस गरेपछि पेरुका राष्ट्रपति हिरासतमा

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 705
    SHARES

    काठमाडौं । पेरुका राष्ट्रपति पेद्रो कास्टिलोले संसद् विघटन गर्ने कोशिस गरेपछि उनलाई महाअभियोग लगाएर पदबाट हटाइएको छ ।

    उनालाई हटाएपछि पूर्व उपराष्ट्रपति डीना बोलुआर्तेले राष्ट्रपति पदको शपथ लिएकी छन् । उनी पेरुको पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।



    बुधबार नै पेद्रो कास्टिलोले संसद्लाई एक ‘असाधारण आपतकालीन सरकार’ मा बदल्ने बताएका थिए ।



    यद्यपी सांसदले यसलाई अस्विकार गर्दै एक आपतकालीन बैठक बोलाएर कास्टिलोविरुद्ध महाअभियोग लगाएर पदबाट हटाए । त्यसपछि कास्टिलोलाई हिरासतमा लिइएको छ र उनीविरुद्ध विद्रोही भएको आरोप लगाइएको बताएको छ ।

    पेशाले वकिल रहेकी ६० वर्षीय बोलुआर्तेले पद सम्हालेसँग अब उनी २०२६ सम्मका लागि राष्ट्रपति रहनेछिन्। शपथग्रहण पछि बोलुआर्तेले देशलाई तत्कालीन संकटबाट निकाल्नका लागि राजनीतिक सहमतिप्रति जोड दिएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार