Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनको सेनजेनमा वर्षमान पुनको उपचार शुरु

    चीनको सेनजेनमा वर्षमान पुनको उपचार शुरु

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 597
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनको सेनजेनमा उपचार शुरु भएको छ ।

    पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार शुरु भएको हो । पूर्व अर्थ र ऊर्जामन्त्री समेत रहेका पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।



    पुन पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले उपचार शुरु भएको र स्वास्थ्यमा सामान्य सुधार आएको जानकारी दिएकी छन् ।



    रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए ।

    उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार