Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विश्वकप लिग २- स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    विश्वकप लिग २- स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 564
    SHARES

    काठमाडौं ।  क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, नामिबिया र स्कटल्याण्ड सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

    नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।



    यस सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् । तेस्रो खेलमा स्कटल्याण्ड नामिबियासँग पराजित भएको थियो । नेपालले पनि तेस्रो खेलमा नामिबियासँग नै पराजित भएको थियो ।



    यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ ।

    ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार