Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बागमतीमा एमालेलाई ठूलो धक्का, ६२ सिटबाट २७ मा खुम्चियो

    बागमतीमा एमालेलाई ठूलो धक्का, ६२ सिटबाट २७ मा खुम्चियो

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 621
    SHARES

    काठमाडौं । मंसिर ४ गते संम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावबाट बागमती प्रदेशमा नेकपा एमाले खुम्चिएको छ।

    २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६२ सिट जितेको एमालेले यसपटक २७ सिट जितेको हो।



    २०७४ सालको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४६ र समानुपातिकतर्फ १६ सिट जितेको थियो। एमालेले यसपटक प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेको छ।



    प्रदेश सभामा एमाले खुम्चिँदा सरकार गठनका लागि सत्ता गठबन्धनलाई आरामदायी बहुमत प्राप्त भएको छ। १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ।

    कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गरी त्यहाँ ६५ सिट पुग्छ। बागमती प्रदेशमा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको छ।

    यस्तै, माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिट जितेको छ। यस्तै एकीकृत समाजवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट जितेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार