Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • २४ गते शनिबार एलिमाको एजुकेशन फेयर, विद्यार्थीका लागि अफरै अफर

    २४ गते शनिबार एलिमाको एजुकेशन फेयर, विद्यार्थीका लागि अफरै अफर

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको एलिमा एजुकेशन एण्ड माइग्रेसनले मंसिर २४ गते शनिबार अर्थात नोभेम्बर १० का दिन ‘इन्टरनेशनल स्टुडेन्ट एजुकेशन फेयर’ को आयोजना गर्ने भएको छ ।

    उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी फेयरको आयोजना गर्न लागिएको एलिमाकी नेपाल डाइरेक्टर सजिता बस्नेतले बताइन् । अष्ट्रेलियको पर्थमा मुख्य कार्यालय रहेको एलिमाको एजुकेशन फेयरमा अष्ट्रेलियाका साथसाथै यूके, यूएसए र क्यानडाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।



    गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको एलिमाले यस पटक गर्न लागेको फेयर अरु भन्दा फरक रहेको पनि दावी गरेको छ । लाजिम्पाटस्थित एम्बेसी रेष्टुरेन्टमा आयोजना हुन लागेको फेयरमा सहभागी हुने विद्यार्थीहरुले विभिन्न अफरहरु समेत पाउने भएका छन् ।



    फेयरमा सबैभन्दा पहिले सहभागी हुने २० जना विद्यार्थीले आइइएलटिएस वा पीटीइको निशुल्क कक्षा लिन सक्नेछन् भने सहभागी सबैले एक सय बराबरको टपअफ पाउने छन् । त्यसैगरी उक्त फेयरमा खाना तथा अन्य विभिन्न सामाग्रीहरुको स्टल समेत रहने एलिमाले जनाएको छ ।

    फेयरमा उपस्थित विद्यार्थीहरुले वारिस्ता तथा हस्पिटालिटी ट्रेनिङको गिफ्ट भौचर समेत पाउने छन् । जस अन्तर्गतग उनीहरुले पाँच हजारसम्मको क्यासब्याक पाउने एलिमाले जनाएको छ ।

    फेयरको सबैभन्दा महत्वपूर्ण कुरा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले साइकोलोजिष्ट समेत रहेकी एलिमा अष्ट्रेलियाकी डाइरेक्टर डेल आनासँग प्रत्यक्ष रुपमा भलाकुसारी गर्न पाउने छन् । अष्ट्रेलियामा समस्यामा परेका तथा एक्लोपन महसुस गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको घाउमा मल्हम लागाउँदै आएकी आनाले फेयरमा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियाको बारेका आवश्यक परामर्श प्रदान गर्नेछिन् ।

    आनासँग प्रत्यक्ष रुपमा छलफल गर्न पाउने हुँदा एलिमाबाट अष्ट्रेलिया जाने विद्यार्थीले कुनै पनि समस्या भोग्नु नपर्ने एलिमाको दावी छ । एलिमाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले मात्र नभई उनीहरुका अभिभावकले पनि फेयरको माध्यमबाट धेरै कुराको ज्ञान लिन सक्ने जनाएको छ । अष्ट्रेलियाको पर्थमा जान चाहने विद्यार्थीहरुलाई पढाइसँगसँगै कामको पनि व्यवस्था गर्दै आएको एलिमाले माइग्रेसनको समेत काम गर्दै आएको छ ।

    त्यसो त हस्पिटालिटी अध्ययन गरेका विद्यार्थीहरुलाई अष्ट्रेलियामा इन्टर्नसिपका लागि आवश्यक डकुमेन्टेसन गर्दै आएको एलिमाले विद्यार्थी मात्रै नभई अन्यका लागि पनि माइग्रेसनको काम गर्दै आएको छ ।

    फेयरको अर्को राम्रो पक्ष भनेको साइकोलोजिष्ट आनाले अष्ट्रेलियामा जान चाहने कुनै पनि विद्यार्थीहरुले एक्लोपन महसुस गर्नु नपरोस् र कुनै पनि समस्या भोग्नु नपरोस् भन्नका लागि आवश्यक सर सल्लाह प्रदान गर्नेछिन् । जसले गर्दा एलिमाबाट अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुले त्यहाँ कुनै पनि समस्या भोग्नु पर्दैन ।

    त्यसो त फेयरमा सहभागी विद्यार्थीहरुले आनाले अष्ट्रेलियाबाटै ल्याएको केही उपहार समेत पाउने छन् । यसले नेपाली विद्यार्थी र आनको सम्बन्ध प्रगाढ बन्ने एलिमाको विश्वास छ । जसले गर्दा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पुगेर आनासँग सम्पर्क गरी आवश्यक सुझाव र सल्लाह लिन सहज हुनेछ ।

    फेयरको माध्यमबाट नेपाली विद्यार्थीहरुले सम्बन्धित देशका प्रतिनिधिहरुबाटै गुणस्तरिय शैक्षिक परामर्श लिन पाउने हुँदा विद्यार्थीहरुलाई ठूलो फाइदा पुग्ने पनि एलिमाले जनाएकाे छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार