Online Nepal
  • सोमबार, १६ माघ २०७९
  • १५ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई लगाइयो १५ किलो माला

    १५ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई लगाइयो १५ किलो माला

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 354
    SHARES

    धनगढी । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवालाई २१ किलोको माला लगाइएको छ ।

    सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग बाणिज्य संघले १५ किलोको माला लगाएको हो ।



    देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ । २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाइएको छ ।



    २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको छ । जसमा प्रदेशको गौरिफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायतका माग रहेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार