Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्ववियु निर्वाचन फागुन १४ गते गर्ने त्रिविको तयारी

    स्ववियु निर्वाचन फागुन १४ गते गर्ने त्रिविको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 588
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।

    २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।



    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए ।



    त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगत्तै सरकारको सहयोगमा नै स्ववियु निर्वाचन गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार