Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अन्तर्घात गरेको भन्दै माओवादीका दुई पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस

    अन्तर्घात गरेको भन्दै माओवादीका दुई पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 549
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत चुनावमा अन्तर्घात गरेको आरोपमा दुई पोलिटब्युरो सदस्यहरुलाई तीनवटा नगर कमिटीले अलग-अलग कारबाहीको सिफारिस गरेको छ ।

    पार्टीले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पोलिटब्युरो सदस्यहरु अचुतम काफ्ले र रामेश्वर यादवलाई कारबाहीको सिफारिस गरेको हो ।



    प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस भएको हो ।



    कारबाही सिफारिस भएका काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन् भने यादव पूर्व संघीय सांसद हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार