Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कसैको पनि बहुमत आएन, अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : विजय गच्छदार

    कसैको पनि बहुमत आएन, अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : विजय गच्छदार

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 708
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताएका छन् ।

    पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै नेता गच्छदारले यस्तो बताएका हुन्।



    गच्छदारले भने, ‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु।’



    सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए।

    आफूले चुनाव हारेकोबारे प्रसंग निकाल्दै गच्छदारले जसपा अध्यक्ष उपेन्द्र यादवले चार हजार मत सूर्यमा हाल्न लगाएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार