Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एलन मस्कलाई पछि पार्दै अर्नाल्ट बने विश्वकै धनी व्यक्ति

    एलन मस्कलाई पछि पार्दै अर्नाल्ट बने विश्वकै धनी व्यक्ति

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 822
    SHARES

    एजेन्सी। टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

    सन् २०२१ देखि विश्व धनाढ्य व्यक्तिको पहिलो नम्बरमा एलन मस्क रहेका थिए । विश्व प्रसिद्ध फ्रोब्स म्यागेजिनको रियल टाइम इन्डेक्सअनुसार हाल अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति हुन् ।



    उनी फेसन ब्राण्ड लुई भिटनको प्यारेन्ट कम्पनी एलभीएमएचका मालिक हुन् । हाल उनको रियल टाइम अर्निङ १८६.६ बिलियन डलर रहेको छ ।



    दोस्रो स्थानमा रहेका एलन मस्कको रियल टाइम अर्निङ १८५.४ बिलियन डलर रहेको छ । यस्तै १३४.८ बिलियन डलरका साथ भारतीय अर्बपति गौतम अडानी विश्व धनाढ्य व्यक्तिको तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार