Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सडक विस्तार गर्दा फाइबर काटिएपछि सेवाग्राहीसँग एनसेलले माग्यो माफी

    सडक विस्तार गर्दा फाइबर काटिएपछि सेवाग्राहीसँग एनसेलले माग्यो माफी

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 669
    SHARES

    काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताएको छ।

    बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएपछि कम्पनीले सेवाग्राहीसँग माफी मागेको छ।



    ‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं। भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं’, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार