Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • अर्थमन्त्री शर्मा भन्छन् – ऊर्जाको खपत बढाउन सके आर्थिक विकास हुन्छ

    अर्थमन्त्री शर्मा भन्छन् – ऊर्जाको खपत बढाउन सके आर्थिक विकास हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 597
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् ।

    बिहीवार राजधानीमा आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।



    उनले मुलुकभित्रै विद्युतको खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए ।



    पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धको असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार