Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था आउँदैन : कुलमान घिसिङ

    अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था आउँदैन : कुलमान घिसिङ

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 570
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको दुई वर्षपछि नेपालले बिजुली किन्नुपर्ने अवस्था नआउने दाबी गरेका छन् ।

    बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सो दाबी गरेका हुन् ।



    उनले वर्षाको समयमा बिजुली निर्यात गरिरहेको भन्दै त्यसो गर्नु सरकारको सफलता नभए पनि खपत नभएको बिजुलीलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताए ।



    उनले बिजुली खपत बढाएमात्रै देशमा समृद्धि आउने भन्दै एक युनिट बिजुली पनि खेर फाल्नु नहुने बताए । यस्तै बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार