Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • विश्वकप क्रिकेट लिग–२

    स्कटल्यान्डसँग नेपालको लज्जास्पद हार, शृंखलामा नेपाल जितविहीन

    स्कटल्यान्डसँग नेपालको लज्जास्पद हार, शृंखलामा नेपाल जितविहीन

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग लज्जास्पद हार व्यहोरेको छ ।

    नेपालले दिएको एक सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर भेटायो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले नटआउट ४६ र जर्ज मुन्सेले ४५ रन बनाए । बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।



    यसअघि नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई/दुई विकेट लिए ।



    योसँगै नेपाल त्रिदेशीय एकदिवसीय शृङ्खलामा जितविहीन भएको छ । यस भ्रमणमा नेपालले चार खेलमा ३ मा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।

    नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक जोडेको नेपालले त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित नेपाल बुधबार नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

    नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्ने सम्भावना लगभग सकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार