Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • प्रचण्ड र कांग्रेस नेता सिटौलाबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

    प्रचण्ड र कांग्रेस नेता सिटौलाबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 687
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच बिहान सवा ११ बजे भेटवार्ता भएको हो ।

    भेटमा सरकार गठनलगायत समसमायिक राजनीतिक विषयमा छलफल भएको बताएको छ । प्रचण्ड र सिटौलाबीच एक घन्टा बढी छलफल भएको थियो ।



    कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि होड चलिरहेका बेला सिटौला खुमलटार पुगेका हुन् । यस्तै प्रचण्डले आजै स्वतन्त्रबाट प्रतिनिधिसभामा विजयी भएका प्रभु साहसँग पनि भेटवार्ता गरेका थिए ।



    मंसिर ४ गतेको निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसके पनि प्रचण्ड सरकारको नेतृत्व गर्न शक्ति निर्माण गर्ने अभियानमा जुटेको स्रोतको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार