Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • जनमत पार्टीले छान्यो पाँचजना समानुपातिक सांसद [नामावलीसहित]

    जनमत पार्टीले छान्यो पाँचजना समानुपातिक सांसद [नामावलीसहित]

    सरकारमा सहभागिताबारे छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 996
    SHARES

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम टुंग्याएको छ ।

    बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले समानुपातिकका लागि पाँच जनाको नाम टुंगो लगाएको हो ।



    जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो । प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।



    गएको ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ ।

    यस्तै आज बसेको बैठकले निर्वाचनको समीक्षा र सरकारमा जाने बारेमा पनि छलफल गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार