Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा फुन्टे नियुक्त

    स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा फुन्टे नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 561
    SHARES

    एजेन्सी । स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा लुइस डे ला फुन्टे नियुक्त भएका छन् ।

    कतारमा जारी विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षक लुइस एनरिकले राजीनामा दिएका थिए ।



    उनले राजीनामा दिएको भोलिपल्ट स्पेनिस फुटबल संघले फुन्टेलाई प्रशिक्षक नियुक्त गरेको हो । ६१ वर्षीय फुन्टे सेभिया र एथ्लेटिको बिलबाओका पूर्व डिफेन्डर हुन् ।



    उनले २०१५ मा स्पेनको यू–१९ टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनकै प्रशिक्षणमा यू–२१ टिमले यूरो २०१९ को उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार