Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकनाथ ढकाललाई सांसद बनाएपछि भीम रावलले भने – क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी !

    एकनाथ ढकाललाई सांसद बनाएपछि भीम रावलले भने – क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी !

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।

    विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।



    रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध



    होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ ।

    परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य,

    क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।

    ’एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार