Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस नेता प्रदीप पौडेलको प्रश्न – पुरानै चलन र हिजोकै प्रवृत्तिले फरकपनको आभास कसरी हुन्छ ?

    कांग्रेस नेता प्रदीप पौडेलको प्रश्न – पुरानै चलन र हिजोकै प्रवृत्तिले फरकपनको आभास कसरी हुन्छ ?

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 567
    SHARES

    काठमाडौं । नवनिर्वाचित सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत पौडेलले अध्यादेश हिजो पनि गलत भएको र आज पनि गलत भएको टिप्पणी गरेका हुन् ।



    पौडेलले पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको कसरी आभास हुन्छ भनि प्रश्न गरे।



    पौडेलले लेखेका छन्, ‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौं ।’

    शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिने अध्यादेश ल्याउन लागेपछि कांग्रेसभित्रै विरोध भएको छ ।

    नयाँ सरकार गठनका लागि गणित मिलाउन प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन खोजेको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार