Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बिहे भोज खाएका ५०० जना एकैसाथ बिरामी

    बिहे भोज खाएका ५०० जना एकैसाथ बिरामी

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 1.1K
    SHARES

    चितवन । चितवनमा विवाह भोज खाएका पाँच सय जना बिरामी परेका छन् ।

    भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका उनीहरू बिरामी परेका हुन् । बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् ।



    उनीहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएका थिए ।अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी ६५ जना अस्पताल आइपुगेको बताए ।



    २३ गते पाँच सय जना भन्दा बढीलाई खाना खुवाइएको र ती मध्ये धेरैजना बिरामी परेको बताइएको छ ।

    एउटै भोजमा सहभागी भएर पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल आउने उपचार गर्ने जाने क्रम अझै पनि जारी छ । फुड पोइजनका कारण बिरामी परेको हुन सक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार