Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ट्वीटरबाट डिलिट हुँदै साढे एक अर्ब बढी ट्वीटर अकाउन्ट

    ट्वीटरबाट डिलिट हुँदै साढे एक अर्ब बढी ट्वीटर अकाउन्ट

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 774
    SHARES

    एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् ।

    ट्वीटरका सीईओ एलन मस्कले एक अर्को महत्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् ।



    मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुपर्नाको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौं अकाउन्ट डिलिट गर्नुपरेको मस्कले ट्वीटमार्फत् बताएका छन् ।



    कस्ता अकाउन्ट डिलिट हुन्छन् ?
    आफ्नो अघिल्लो ट्वीटमा रिप्लाई गर्दै उनले कैयन् वर्षदेखि लगइन नै नगरिएका वा कुनै ट्वीट नगरिएका अकाउन्टहरू डिलिट गरिने मस्कको भनाइ छ । यसरी वर्षौंदेखि निष्क्रिय रहेका ट्वीटर खाताहरु अब डिलिट हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार