Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पुस महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने

    पुस महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 783
    SHARES

    काठमाडौं । बैंकहरुले पुसमा निक्षेपको ब्याजदर नचलाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

    मंसिरमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३% तथा बचतको न्युनतम ७.१३३% र अधिकतम ९.१३३% सम्म कायम गरेका छन् । संघको निर्णयसँगै यहि ब्याजदरले अब पुसमा पनि निरन्तरता पाउने छ ।



    रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दति दुवैमा न्यूनतम १ प्रतिशत बिन्दुले बढी ब्याजदर दिनुपर्ने प्रावधान रहेको छ ।



    पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुःन दबाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार