Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • विवादित अभिनेत्री सुष्मा कार्कीले टिकटक लाइभमा अश्लील गाली गरेपछि…

    विवादित अभिनेत्री सुष्मा कार्कीले टिकटक लाइभमा अश्लील गाली गरेपछि…

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । अभिनेत्री सुस्मा कार्कीले टिकटक लाइभको क्रममा अश्लील शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    टिकटकमा लाइभ गेम खेल्ने क्रममा ‘ब्लाइन्ड डेट’ की पूर्व विजेता सिलु पोखरेलसँग आफू हारेपछि सुष्माले अश्लील गाली गरेकी हुन् ।



    जसले गर्दा यतिबेला सुष्मा गालीको पात्र बनेकी छन् । फिल्मी दुनियामा बिबादै विबादकाबिच सुष्मा अहिले हातमा काम विहिन बन्दा पनि विबादबाट टाढिन सकेकी छैनन् ।



    टिकटकमा लाइभ नै आउँदा पनि उनले छाडा बोल्ने र अरुलाई गाली गर्ने बानी अझै छुटाउन सकेकी छैनन् । खेल खेल्ने क्रममा सुष्माले हारेपछि सिलुले मज्जाले जिस्क्याउँछिन् ।

    सिलुले सुष्मालाई ३ लाख लिएर डान्स गर्ने तपाइको रेट अब त १ लाखमा झर्यो होला नी होइन भन्दै उक्साइन् । तत्कालै प्रतिक्रिया दिँदै सुष्माले मुख छाडिहालिन् ।

    सिसलले हेपेको भन्दै सुष्मा आक्रोशित बनिन् र व्यवसायिक कुरा नगर्न चेतावनी दिँदै सुष्माले सिलुमाथि अपशब्द प्रयोग गरिन् । टिकटक लाईभका कलाकारले के बोल्ने के नबोल्ने उनले ख्याल गरेको भने देखिन्नँ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार