Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

    जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जापानको राजधानी टोकियोमा सम्पन्न ६० औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि २२ वर्षीया जर्मनी सुन्दरी ज्यास्मिन सेलबर्गले चुमेकी छन्।

    विभिन्न देशका ६६ सुन्दरीले सहभागिता जनाएको प्रतियोगिताको ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए ।



    सन् २०२० र सन् २०२१ को संस्करण कोभिड महामारीका कारण हुन सकेको थिएन ।

    दिगो विकासका लागि सौन्दर्य भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा सहभागी सुन्दरीले संयुक्त राष्ट संघको सहश्राब्दी लक्ष्यको लोगोसहित क्याटवाक गरेका थिए भने पाँच महादेशका महाद्वीपीय सुन्दरीका लागिसमेत भोट गरेका थिए।

    प्रतियोगितामा नेपालबाट मिस इन्टरनेसन नेपाल २०२२ न्यान्सी खड्काले सहभागिता जनाएकी थिइन्। नेपालले हिमाली चरा मुनालबाट प्रभावित भएर नेसनल कस्ट्युम डिजाइन गरेको थियो ।

    बालबालिकाको शिक्षादेखि मानसिक स्वास्थ्यको मुद्दालाई भिडियो प्रस्तुतिमा देखाएको थियो । तर, उनी उत्कृष्ट पाँचभित्रसमेत अटाउन सकिनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार