Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भरतमोहन अधिकारी ‘नाफिज’ आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

    भरतमोहन अधिकारी ‘नाफिज’ आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिकता पुरस्कार सन्तोष रोकाया र सम्झना घिमिरेलाई प्रदान गरिएको छ ।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ साधारण सभा तथा छैठौँ महासभाको अवसरमा रोकाय र घिमिरेलाई पुरस्कार प्रदान गरिएको हो ।



    विकासन्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् ।



    नाफिजले भरतमोहन अधिकारी(नाफिज) सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी(नाफिज) आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो ।

    पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो ।

    अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरुलाई प्रमाणत्रसहित चेक हस्तान्तरण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार