Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

    विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 903
    SHARES

    फाइल फोटो

    एजेन्सी । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ ।

    मदिरा सेवनबाट अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।



    राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको हो।

    महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो ।

    प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार