Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भीम रावल भन्छन् – सरकार बनाउने कुरा राष्ट्र हितमा हुनुपर्छ, पद र सुविधाको भागबण्डामा होइन

    भीम रावल भन्छन् – सरकार बनाउने कुरा राष्ट्र हितमा हुनुपर्छ, पद र सुविधाको भागबण्डामा होइन

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सरकार बनाउने विषय राष्ट्रहितमा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् ।

    प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित रहेका बेला डा. रावलले पद र सुविधा भागबण्डाको विषय बनाइन नहुने सुझाव दिएका हुन् ।



    सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता रावलले लेखेका छन्, ‘समानुपातिक निर्वाचन गुटबन्दी, नातावाद, कृपावादको शोख पूरा गर्दै मनपरी गर्नको लागि होइन, यस्तै हुने हो भने यसलाइ खारेज गर्नुपर्छ । सरकार बनाउने कुरा राष्ट्र हितका विषयमा आधारित हुनुपर्छ, पद र सुविधाको भागबण्डामा होइन ।’



    निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार