Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीसँग कति छ सम्पत्ति ?

    अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीसँग कति छ सम्पत्ति ?

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फिफा विश्व कप २०२२ को फाइनलमा पुगेको छ । ३५ वर्षका मेस्सीले यो उनको अन्तिम विश्व कप हुने घोषणा यसअघि नै गरिसकेका छन् ।

    यतिबेला उनी आफ्नो देशलाई तेस्रो पटक विश्व कपको उपाधि जिताउन लागि परेका छन् । मेस्सीले आफ्नो उत्कृष्ट प्रदर्शनसँगै हालसम्म प्रतियोगितामा ५ गोल हानेर गोल्डेन बुटको दौडमा बलियो दाबेदार बनेका छन् ।



    विश्वभरका अधिकांश खेलप्रेमीहरुको मन मुुटुमा बस्न सफल मेस्सी मैदानभन्दा बाहिर निकै विलासी जीवन बिताउँछन् । सम्पत्तिको कुरा गर्ने हो भने मेस्सीसँग २३ मिलियन पाउन्ड (३ अर्ब रुपैयाँ) रुपैयाँ मूल्यको आलिशान बंगला छ ।



    गोल डट कमका अनुसार मेसीको कूल सम्पत्ति ४०० मिलियन डलर (५२ अर्ब )रुपैयाँ छ । फोर्ब्सको सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा छन् । उनको कमाई १३० मिलियन डलर १७ अर्ब रुपैयाँ छ ।

    मेसीसँग विश्वभरीका चार स्थानमा आलिशान बंगला छ । सबैभन्दा महँगो बंगला स्पेन नजिकै इबिजा आइल्याण्डमा छ । यसको मूल्य ९.५ मिलियन पाउन्ड (१ अर्ब ५३) करोड रुपैयाँ हो । मेस्सीले हालका लागि यसलाई छुट्टी मनाउनका लागि गर्ने गर्छन् ।

    मेस्सीसँग ५.५ मिलियन पाउन्ड (८८ करोड) रुपैयाँ मूल्यको एउटा बंगला बार्सिलोनामा पनि छ । यो निकै शानदार स्थानमा अवस्थित छ जो क्याम्प नाउ स्टेडियमभन्दा १२ किलोमिटर टाढा मात्रै छ । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजो र उनका तीन सन्तानलाई पनि यो भवन असाध्यै मनपर्छ ।

    यसमा एउटा सानो फुटबल पिच, एउटा स्विमिङ पुल, एक इनडोर जिम र एक खेल मैदान पनि छ । अमेरिकाको मियामीमा पनि मेस्सीले एउटा अपार्टमेन्ट किनेका छन् जसको मूल्य ५ मिलियन पाउन्ड (८० करोड )रुपैयाँ छ । यो अपार्टमेन्टबाट समुद्रको शानदार दृश्य देखिन्छ । यो अपार्टमेन्टमा चार बेडरुम र चार बाथरुम छन् ।

    मेस्सीको आफ्नो देश अर्जेन्टिनामा पनि एउटा बंगला छ । रोसारियोस्थित यो बंगलाको मूल्य ३ मिलियन पाउन्ड ४८ करोड रुपैयाँ हो । यो घरमा २०–२५ वटा कोठा र एउटा सिनेमा हल पनि छ । एउटा जिम, अन्डर ग्राउन्ड ग्यारेज पनि छ । ग्यारेजमा करिब १५ वटा कार अटाउन सक्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार