Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • हिप्पोले निलेका बालक जब जिबितै बाहिर निस्किए…

    हिप्पोले निलेका बालक जब जिबितै बाहिर निस्किए…

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.7K
    SHARES

    एजेन्सी । अफ्रिकी मुलुक युगान्डामा ताल किनारामा खेल्दै गरेका बालकलाई जलगैंडाले निलेको समाचार बाहिरिएको छ।

    ताल किनारामा खेल्दै गरे दुई वर्षीय बालक जलगैंडाले निलेको र फेरि मुखबाट बाहिर फ्याकिदिएको हो।



    आइतबार दुई वर्षीय बालक पल इगा युगान्डाको एडवर्ड तालको किनारामा खेलिरहेका थिए। अचानक तालबाट बाहिर निस्केको जलगैंडाले मुखले बेस्सरी बालकलाई च्यापेको थियो।

    ती बालक सामान्य घाइते भएका थिए। उपचारका लागि क्लिनिकमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई नजिकैको अस्पतालमा रिफर गरिएको थियो।

    त्यहाँ रेबिजको ​​खोप लगाएर घर पठाइएको छ। एडवर्ड तालको किनारमा हिप्पोले बच्चा निलेको यो पहिलो घटना भएको युगान्डा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार