Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विजय गच्छदार र रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता

    विजय गच्छदार र रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो ।

    उनीहरुबीच करिब एक घण्टा छलफल भएको बताइएको छ । मंसिर ४ गतेको निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएपछि रेशमलाई बधाइ दिन गच्छदार जेल पुगेका हुन् ।



    उनले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको बताए । उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताएका थिए । उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए।



    त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्वतन्त्रसहित चार, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक सिट जितेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार