Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • साताको सुरुवातमै शेयर बजार राताम्मे, १ अर्ब १५ करोड रुपैयाँको कारोबार

    साताको सुरुवातमै शेयर बजार राताम्मे, १ अर्ब १५ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 657
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको सुरुवातकै दिन सेयर बजार कारोबारमा २७ अंकको गिरावट देखिएको छ ।आइतबार सेयर बजार २८.८६ अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार घटेर १८५३.७४ विन्दुमा पुगेको छ ।



    यसरी सेयर बजार घट्दा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट र दुई कम्पनीको सेयरमा नकारात्कम सर्किट लागेको छ ।



    सकारात्मक सर्किट लाग्नेमा इस्टर्न हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड रहेको छ भने नकारात्मक सर्किट लाग्नेमा रुरु जलविद्युत र पिपुल्स हाइड्रोपावर रहेको छ ।

    आज २५० कम्पनीको १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ पटकमा २६ हजार ६६१ पटकमा किनबेच भएको छ।

    सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर छ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार