Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

    कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 1.3K
    SHARES

    धनगढी । कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि आइतबार बेलुका गोली प्रहार भएको छ ।

    अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको हो ।



    घोडोघोडी नगरपालिका १ घर भएका सुनुवार अत्तरिया चोकबाट पश्चिमबाट पूर्वतर्फ मोटरसाइकलमा जाने क्रममा विपरीत दिशातर्फ मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार