Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • शेयर बजार सामान्य बढ्याे, कारोबार रकम ८८ करोड

    शेयर बजार सामान्य बढ्याे, कारोबार रकम ८८ करोड

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 591
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो ।

    नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।



    नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।



    आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर छ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ ।

    समग्रमा बजार बढे पनि इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार