Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी रहेको संसदीय समितिको निष्कर्ष, मुद्दा चलाउन सिफारिस

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी रहेको संसदीय समितिको निष्कर्ष, मुद्दा चलाउन सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 600
    SHARES

    एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाको बारेमा छानविन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ ।

    अमेरिकी कांग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध विभिन्न ४ वटा आपराधिक मुद्दा चलाउन न्याय विभागलाई भनेको हो ।



    गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।



    उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए ।

    यस घटनाको १८ महिनापछि संसदिय समितीको बैठकले ट्रम्पमाथि ४ वटा आरोप लगाएको छ । जसमा राज्यविरुद्धको बिद्रोहलाई उक्साउने, सहयोग गर्ने वा सान्त्वना दिने र आधिकारिक कार्यमा अवरोध गर्ने रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार